काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने बताएका छन्।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘शुद्धता, संयम र निष्ठाको यस पावन पर्वले सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दछ। प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउँदै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ।’
प्रकाशित: २९ कार्तिक २०८३ ९:२० | Sunday, November 15, 2026
प्रतिक्रिया



