काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनायो।
विराटनगरका लागि चरिथ असलंकाले अर्धशतकीय पारी खेले। उनको अर्धशतकको मद्दतमा विराटनगरले लुम्बिनीलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो।
प्लेअफ समीकरणमा जीवित रहन विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ। अर्कोतर्फ प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनी यो खेल जित्दै क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ।
यस खेलको नतिजाले दुवै टोलीको आगामी यात्रा निर्धारण गर्नेछ।
प्रकाशित: २८ कार्तिक २०८३ १८:४५ | Saturday, November 14, 2026
प्रतिक्रिया



