काठमाडौँ- भारतसँगको यु-१९ महिला टी-२० क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृंखलाका लागि सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा कप्तान सोनिसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन्।
नेपाली टोलीले आउँदो वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि भारत भ्रमण गर्न लागेको हो।
विश्वकपकै तयारीस्वरूप नेपाली टोलीले हालै चीन भ्रमण पनि गरेको थियो। उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो।
प्रकाशित: २४ कार्तिक २०८३ १६:४२ | Tuesday, November 10, 2026
प्रतिक्रिया



