काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको ठूलो सुक्खा पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।
सोमबार राति ११ बजे खसेको पहिरोका कारण सडक मंगलबार बिहान ७ बजेसम्म पनि सडक अवरुद्ध भएको हो । पहिरोका कारण तिहारको समयका यात्रुहरू अलपत्र परेका छन् भने सडकमा सवारीसाधनको लामो जाम लागेको छ ।
नागढुंगा–मुग्लिङ सडक योजना ९पश्चिम खण्ड० का अनुसार पहिरो हटाउने काम अन्तिम चरणमा रहेको र केहीबेरमा सडक सञ्चालनमा आउनेछ । पहिरोका कारण सोमबार पनि उक्त सडक अवरुद्ध बनेको थियो ।
प्रकाशित: २४ कार्तिक २०८३ ७:२३ | Tuesday, November 10, 2026
प्रतिक्रिया



