‘हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ’

हिमाल प्रेस २४ कार्तिक २०८३ ६:५३ | Tuesday, November 10, 2026
4
SHARES
‘हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ’

काठमाडौँ- पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति देशको हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

 

प्रकाशित: २४ कार्तिक २०८३ ६:५३ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast