काठमाडौँ- सुनको भाउ आज बढेको छ।
सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलाको २ लाख ८३ हजार रुपैयाँमै स्थिर थियो।
गत बिहीबार सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको थियो। गत बुधबार सुनको भाउ तोलामा ६ सय, मंगलबार ७ सय र सोमबार तोलामा २ हजार ३ सय रुपैयाँ बढेको थियो।
अघिल्लो साताको आइतबार भने सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो। आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ आज तोलामा ४५ रुपैयाँ बढेर ३ हजार ८ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।



