कसलाई मिल्नेछ सफलता, कसले अपनाउनुपर्ला सावधानी?

हिमाल प्रेस २३ कार्तिक २०८३ ७:२८ | Monday, November 9, 2026
कसलाई मिल्नेछ सफलता, कसले अपनाउनुपर्ला सावधानी?

आजको मिति २३ कात्तिक २०८३, सोमवार (९ नोभेम्बर २०२६)। नेपाल संवत् :११४६ कौलागा आमै। तिथि कार्तिक कृष्ण औंसी।
योग सौभाग्य। करण नाग। नक्षत्र स्वाति। आजको राशिफल

मेष

आज काममा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठा बढ्नेछ। नयाँ तथा प्रतिष्ठित काम गर्ने अवसर मिल्न सक्छ। आफ्नो क्षमता र प्रभाव प्रयोग गरेर अरूबाट सहयोग लिन सकिनेछ।

वृष

आज आफ्नो कार्यक्षेत्रमा नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ। विदेशसँग सम्बन्धित काममा सफलता मिल्ने योग छ। अरूको जिम्मेवारीसमेत वहन गर्नुपर्ने हुन सक्छ। मेहनत र लगनशीलताले काममा सहज सफलता दिलाउनेछ।

मिथुन

आज आफन्तको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ। रोकिएका काम अघि बढाउन प्रयास गर्दा सफलता मिल्न सक्छ। सहयोगी तथा शुभचिन्तकमार्फत आर्थिक र व्यावसायिक लाभ उठाउने अवसर प्राप्त हुनेछ।

कर्कट

आज स्वास्थ्यमा सुधार आउनेछ। आफन्त तथा साथीभाइसँग भेटघाटमा समय बित्नेछ। विश्वास गरेका व्यक्तिबाट सहयोग र साथ प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका कामले गति लिनेछन्।

सिंह

आज आफ्नो श्रम र मेहनतको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान तथा सीप हासिल गर्ने अवसर मिल्नेछ। अध्ययनमा प्रगति हुनुका साथै आयआर्जनका नयाँ सम्भावना देखिनेछन्। मेहनतअनुसार उपलब्धि हात पार्न सकिनेछ।

कन्या

आज सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ। परिवार र आफन्तको सहयोगबाट महत्वपूर्ण काममा सफलता प्राप्त हुनेछ। व्यापार तथा व्यवसायमा लाभ हुने योग छ।

तुला

आज समाजमा मानसम्मान र प्रतिष्ठा बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने अवसर प्राप्त हुनेछ। महत्वपूर्ण जिम्मेवारी तथा लाभदायक कामको नेतृत्व गर्ने मौका मिल्न सक्छ।

वृश्चिक

आज साथीभाइको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछन्। व्यावसायिक क्षेत्रमा कामको चाप र खर्च बढ्न सक्छ। आत्मविश्वास र साहसका साथ अघि बढ्दा चुनौतीपूर्ण कामसमेत पूरा गर्न सकिनेछ।

धनु

आज अध्ययन तथा लेखन कार्यमा प्रगति हुनेछ। लामो समयदेखि आशा मारेको कामले पुनः उत्साह जगाउनेछ। तत्काल प्रतिफल नपाए पनि भविष्यमा लाभ पुग्ने सकारात्मक संकेत प्राप्त हुनेछन्।

मकर

आज काममा विभिन्न अवसर प्राप्त हुनेछन्। समयमा सही निर्णय लिन सक्ने क्षमताले प्रगतिको बाटो खोल्नेछ। यद्यपि आफ्ना कमजोरीका विषयमा अरूबाट गुनासो आउन सक्छ। व्यवहारमा सुधार गर्दै अघि बढ्नु लाभदायी हुनेछ।

कुम्भ

आज रमाइलो जमघट तथा सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन्। विगतमा गरेका कामबाट राम्रो लाभ प्राप्त हुने योग छ।

मीन

आज व्यापार तथा व्यवसायमा राम्रो लाभ हुने सम्भावना छ। परिवारको सहयोगबाट महत्वपूर्ण काममा सफलता मिल्नेछ। साथीभाइसँग रमाइलो भेटघाट र मनोरञ्जनमा समय बित्नेछ।

प्रकाशित: २३ कार्तिक २०८३ ७:२८ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast