काठमाडौँ- रुसले युक्रेनको ऊर्जा संरचनामा गरेको पछिल्लो आक्रमणपछि डिनिप्रोपेत्रोभ्स्क क्षेत्रका ६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन्।
अस्पतालहरु जेनेरेटरको भरमा सञ्चालन भइरहेका छन्। किभ, खार्किभ र पोल्तावामा पनि लोडसेडिङको समस्या देखिएको छ।
युक्रेनी अधिकारीहरुबाट प्राप्त जानकारी अनुसार रुसको नियन्त्रणमा रहेको बन्द अवस्थाको जापोरिजिया आणविक प्लान्टको कुलिङ सिस्टमसँगको सम्पर्क पनि विच्छेद भएको छ।
रसियाली आक्रमणका कारण राजधानी किभ, खार्किभ र पोल्तावासहित अन्य धेरै प्रान्तहरुमा पनि मानिसहरुले विद्युत कटौतीको सामना गरिरहेका छन्।
प्रकाशित: २२ कार्तिक २०८३ २१:१६ | Sunday, November 8, 2026
प्रतिक्रिया



