घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइयो पृथ्वीराजमार्ग

हिमाल प्रेस २२ कार्तिक २०८३ १५:१३ | Sunday, November 8, 2026
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइयो पृथ्वीराजमार्ग फाइल तस्बिर।

चितवन- पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना-४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ।

आइतबार बिहार पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २:१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो। यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन्। सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो।

नौबिसे-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार झण्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो।

सो ठाउँमा भित्तो काटिएको नभए पनि आफैँ माथिबाट पहिरो खसेको हो। सो ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०८३ १५:१३ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast