देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन राष्ट्रियसभा गृहमा हुँदै

हिमाल प्रेस २१ कार्तिक २०८३ १५:३९ | Saturday, November 7, 2026
12
SHARES
देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन राष्ट्रियसभा गृहमा हुँदै

काठमाडौँ- नेपाली कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन सुरू भएको छ। राष्ट्रिय सभागृह काठमाडौँ शनिबार दिउँसो देउवा समूहको जिल्ला अधिवेशन सुरू भएको हो।

जिल्ला अधिवेशनमा नेता शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा उपस्थित भएका छन्।

त्यस्तै यो समूहको १५ औँ महाधिवेशन संयोजक शशांक कोइराला, पूर्वउपसभापति प्रकाशशमान सिंह, प्रकाशशरण महतलगायतका नेताहरू उद्घाटनसत्रमा सहभागी भएका छन्।

जिल्ला अधिवेशनमा सहभागी हुन काठमाडौँ जिल्लाका विभिन्न पालिकाबाट नेता कार्यकर्ताहरू बाजागाजा र मोटरसाइकल र्‍यालीसहित राष्ट्रियसभा गृह पुगेका थिए।

अधिवेशनबाट काठमाडौँ जिल्लाका लागि पार्टीको नयाँ नेतृत्व चयन हुने नेताहरूले बताएका छन्।

विशेष महाधिवेशन पक्षधरले १५ औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर पार्टीका गतिविधि अगाडि बढाइरहेका बेला देउवा कांग्रेसको देउवा समूहले पनि विभिन्न तहको अधिवेशन गरिरहेको छ।

देउवा समूहले १५ औँ महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ। विशेष महाविधेशन पक्षधरले गरेको १५ औँ महाधिवेशन विधानसम्मत नभएको यो समूहको दाबी छ।

 

प्रकाशित: २१ कार्तिक २०८३ १५:३९ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast