काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर वाग्चन्दले संविधानले दिएको जिम्मेवारी अक्षरशः पालना र कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा वाग्चन्दले राज्यका सवै निकायमा बसेका व्यक्तिले संविधान र कानुनले परिकल्पना गरे अनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने भन्दै यसमा आफू प्रतिवद्ध रहेको बताए।
फैसला कार्यान्वयनमा हुने असहयोगप्रति आफू जानकार रहेको भन्दै उनले कर्तव्यको कुरामा पछाडि हट्ने र अधिकारको कुरामा अगाडि जाने किसिमको सामाजिक मनोविज्ञानले पनि फैसला कार्यान्वयनलाई बाधा पु¥याएको धारणा राखे।
उनले फैसला कार्यान्वयनका लागि न्यायपालिका र कार्यपालिकाबीच समन्वयको खाँचो रहेको उल्लेख गरे। प्रस्तावित न्यायाधीशद्वय वाग्चन्दले न्यायिक कामको गुणस्तर र प्रभावकारिता मापन गर्न औसत मुद्दा फछ्र्योट अवधि, पुराना मुद्दाको अनुपात, सेवाग्राहीको अनुभवलगायतलाई ध्यान दिइने धारणा राखे।
त्यस्तै उनले न्यायपालिकाको सुधारका लागि मुद्दाको तयारी र सुनुवाइलाई प्रभावकारी बनाउने, स्पष्ट र समयमै फैसला तयार गर्नेदेखि न्यायमा समान पहुँच तथा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा जोड दिए।



