तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

हिमाल प्रेस २० कार्तिक २०८३ १७:३८ | Friday, November 6, 2026
तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नेमा नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल रहेका छन्।

भारतका राजदूत दलेला आवासीय राजदूत हुन् भने लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत जायाभोङ र पानामाका राजदूत मिगुएल गैरआवासीय राजदूत हुन्।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रसिला सहितको बग्गीमा सवारी गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० कार्तिक २०८३ १७:३८ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast