नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै धारिलो हतियार प्रहार गरेपछि…

हिमाल प्रेस २० कार्तिक २०८३ १३:४४ | Friday, November 6, 2026
नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै धारिलो हतियार प्रहार गरेपछि…

काठमाडौँ- प्रहरीले हवाई फायर गरेर एक युवकको पक्राउ गरेको छ। सिन्धुपाल्चोक बाह्रबीसे गाउँपालिका ३ घर भएका २८ वर्षीय सुजन तामाङ पक्राउ परेका हुन्। प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै धारिलो हतियार चक्कु प्रहार गरेका थिए।

सुरक्षा चुनौती देखिएपछि प्रहरीले हवाई फायर गरेको थियो। प्रहरी केन्द्रीय विभागका अनुसार तत्कालको परिस्थितिलाई मूल्यांकन गरी आवश्यकता अनुसार घुँडा मुनी १ राउण्ड गोली फायर गरी ठगीमा प्रयोग गरिएका सामानहरू समेत बरामद गरिएको हो। अनुसन्धानको क्रममा उनी काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुपालचोकबाट समेत ठगी मुद्दा दर्ता भएको देखिएको छ।

प्रकाशित: २० कार्तिक २०८३ १३:४४ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast