तिहारको अवसरमा सीजीले ल्यायो अत्याधुनिक माइक्रोवेभ ओभन

हिमाल प्रेस १९ कार्तिक २०८३ १९:५९ | Thursday, November 5, 2026
तिहारको अवसरमा सीजीले ल्यायो अत्याधुनिक माइक्रोवेभ ओभन

काठमाडौँ- नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले तिहारको अवसर पारेर अत्याधुनिक माइक्रोवेभ ओभनलाई भान्साको मुख्य सारथीका रुपमा प्रस्तुत गरेको छ।

माइक्रोवेभ ओभन खाना तताउनका लागि मात्र प्रयोग हुन्छ भन्ने आम बुझाइलाई बदल्दै, कम्पनीले यस तिहारमा ओभनमै छिटो, मीठो र स्वस्थकर तरिकाले चाडपर्वका परिकारहरु तयार गर्न सकिने जनाएको छ।

सीजी माइक्रोवेभ ओभनको प्रयोग गरी तिहारमा भाइ मसला, स्वादिष्ट मिठाई, बेकिङ र ग्रिलिङजस्ता परिकार बनाउन सकिने कम्पनीले जनाएको छ।

ग्राहकहरुको आवश्यकता र परिवारको आकारलाई ध्यानमा राख्दै कम्पनीले बजारमा २० लिटरदेखि ३५ लिटर क्षमतासम्मका ६ वटा मोडलका ओभनहरु उपलब्ध गराएको छ।

जसमध्ये दुईवटा मोडल प्रिमियम सिग्नेचर सिरिज ‘सीजी मेरिडिया’ का रहेका छन् भने बाँकी चारवटा मोडल सीजी ब्रान्डअन्तर्गत उपलब्ध रहेको कम्पनीको भनाइ छ।

यी उपकरणमा रहेको ‘अटो कुक मेनु’ ले परिकारअनुसार आफैँ समय र तापक्रम मिलाउने हुँदा भान्साको काम झन्झटमुक्त हुने बताइएको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १९:५९ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast