काठमाडौँ- फुटबल विश्वकपको उत्साहलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले आफ्ना टेलिभिजनमा ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले ३६ हजार रुपैयाँसम्म क्यासब्याक, ४ वर्षसम्मको वारेन्टी तथा सजिलो ईएमआई सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुने तथ्यलाई आधार बनाएर उपभोक्तालाई दीर्घकालीन सेवा र सुविधा दिने उद्देश्यले उक्त योजना ल्याइएको हो। योजनाअन्तर्गत सीजी तथा सीजी मेरिडिया सिरिजका टेलिभिजन खरिद गर्दा ग्राहकले अधिकतम ३६ हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।
त्यस्तै, सीमित मोडलका टेलिभिजनमा ४ वर्षको वारेन्टी व्यवस्था गरिएको छ। यसमा २ वर्षको पूर्ण वारेन्टी र थप २ वर्षको सर्भिस वारेन्टी समावेश रहेको कम्पनीले जनाएको छ। वारेन्टी सुविधा प्राप्त गर्न ग्राहकले टिभी खरिदपछि कम्पनीको टोल फ्री नम्बर १६६००१०२२११ मा सम्पर्क गरी दर्ता गर्नुपर्नेछ।
कम्पनीले नागरिकता मात्रको आधारमा सजिलो ईएमआई सुविधा पनि उपलब्ध गराएको जनाएको छ। यसबाट एकमुष्ट रकम तिर्न कठिनाइ हुने ग्राहकले किस्ताबन्दीमा टेलिभिजन खरिद गर्न सक्नेछन्।
यो योजना जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म देशभर लागू हुने कम्पनीले जनाएको छ।
सीजीका टेलिभिजन देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन माध्यमबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ। बिक्रीपछिको सेवाका लागि देशभर ४० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा रहेको उल्लेख गरिएको छ।




