फाइल तस्बिर
काठमाडौँ- अमेरिकामा बहुप्रतिक्षित मध्यावधि निर्वाचनका लागि मंगलबार मतदान सुरू भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक भविष्य र संसद् (कंग्रेस) मा कुन दलको वर्चस्व रहने भन्ने निर्धारण गर्न अमेरिकी मतदाताहरूले मत हालिरहेका छन्।
महत्वपूर्ण पदहरू र संसद्को गणित यस मध्यावधि चुनावमा अमेरिकी संसद्को तत्लो सदन ‘हाउस अफ रिप्रेजेन्टिेटिभ्स’ का सबै ४३५ सिट तथा माथिल्लो सदन ‘सिनेट’ का ३५ सहित विभिन्न राज्यहरूमा गभर्नर पदका लागि पनि मतदान भइरहेको छ।
हाल राष्ट्रपति ट्रम्पको सत्तारुढ दल रपब्लिकन पार्टीको संसदको दुवै सदनमा स्पष्ट नियन्त्रण कायम छ।
तर, विपक्षी डेमोक्रेटिक पार्टीलय यसपटक दुवै सदनमा बहुमत खोस्ने बलियो सम्भावना रहेको राजनीतिक विश्लेषकहरूको आकलन छ।
ठूलो संख्यामा पर्यवेक्षक परिचालन
निर्वाचनलाई पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहीत बनाउन अमेरिकी न्याय मन्त्रालय (डीओजे) ले ऐतिहासिक कदम चालेको छ। डीओजेका अनुसार अमेरिकाको इतिहासमा पहिलोपटक ५० वटै राज्यका मतदान केन्द्रहरूमा करिब एक हजार चुनाव निरीक्षक तथा संघीय पर्यवेक्षकहरू खटाइएको छ।
उनीहरूले संघीय निर्वाचन काननुहरूका कडाइका साथ पालना भए नभएको अनुमगन गरिरहेको बताइएको छ।
राजनीतिक समीकरण र सम्भावित परिदृश्य
यदि डेमोक्रेटिक पार्टीले चुनावमा बहुमत हासिल गरी कांग्रेसमा नियन्त्रण कायम गर्न सफल भए राष्ट्रपति ट्रम्पका आगाम नीति तथा कार्यक्रमहरूलाई रोक्न ठूलो दाबाब सिर्जना गर्नेछ।
डेमोक्रेटिक पार्टीले बहुमत पाएको अवस्थामा ट्रम्प प्रशासन र उनको टिमविरूद्ध कडा कानुनी जाँच तथा महाअभियोगसम्मका कारबाही अगाडि बढाउने बाटो खुल्न सक्ने बताइएको छ।
मतदान प्रक्रिया सम्पन्न भएपश्चात प्रारम्भिक नतिजाहरू आउने क्रम अमेरिकी समयअनुसार बेलुकी ६ बजेबाट सरू हुनेछ।
के हो मध्यावधि निर्वाचन?
अमेरिकी मध्यावधि निर्वाचन अमेरिकी राष्ट्रपतिको चार वर्षे कार्यकालको ठीक बीच भाग (दोस्रो वर्षको अन्त्य) मा हुने राष्ट्रिय निर्वाचन हो। संसदीय प्रणालीमा जस्तो सरकार वा संसद् विघटन भएर बीचमा गरिने निर्वाचन भने यो होइन।
अमेरिकामा यो एक नियमित संवैधानिक निर्वाचन प्रक्रिया हो, जसले संसद् (कंग्रेस) को शक्ति सन्तुलन र राष्ट्रपतिको बाँकी दुई वर्षे कार्यकालको दिशा तय गर्छ।
मध्यावधि निर्वाचनमा राष्ट्रपति पदका लागि मतदान हुँदैन। यसमा मुख्यगरी तल्लो सदनको सबै ४३५ सिटका लागि निर्वाचन हुन्छ। प्रतिनिधिसभाका सदस्यहरूको कार्यकाल दुई वर्षको हुने भएकाले हरेक दुई वर्षमा सबै सिटमा पुनः निर्वाचन हुन्छ। त्यस्तै सिनेट (माथिल्लो सदन) का कुल १०० सिटमध्ये करिब एक तिहाइ (३५ सिट) खाली हुने चक्र मिलाइएको हुन्छ। मध्यावधि निर्वाचनमा यी ३५ सिटका लागि पनि मतदान हुने गर्दछ।
त्यस्तै मध्यावधि निर्वाचनमा विभिन्न राज्यका गर्भनर, राज्यका विधायिका, महान्यायाधिवक्ता, स्थानीय निकायका प्रतिनिधिहरूका लागि मतदान हुन्छ।



