विदेशी नेताका टिप्पणी ‘अस्वीकार्य र मूर्खतापूर्ण’ : म्याक्रोन

हिमाल प्रेस ५ कार्तिक २०८३ १८:४३ | Thursday, October 22, 2026
12
SHARES
विदेशी नेताका टिप्पणी ‘अस्वीकार्य र मूर्खतापूर्ण’ : म्याक्रोन

काठमाडौँ- फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोनले आफ्नो देशमा भएका हिंसक विरोध प्रदर्शनबारे विदेशी नेताहरुले गरेका टिप्पणीलाई ‘अस्वीकार्य’ र ‘मूर्खतापूर्ण’ भनेका छन्।

यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिप्पणीहरु पनि समावेश छन्।

ट्रम्पलगायतका नेताहरुले फ्रान्समा भएको हिंसाका लागि आप्रवासीहरुलाई जिम्मेवार ठहराएका थिए।

ट्रम्पको रिपब्लिकन पार्टीले दुई हप्तापछि हुने मध्यावधि चुनवाको सामना गर्नुपर्नेछ।

यसैबीच ट्रम्पले फ्रान्समा भएका हिंसात्मक प्रदर्शनबारे पटकपटक उल्लेख गरिरहेका छन्। फ्रान्सलाई हेरेर मतदानमा निर्णय गर्न उनले मतदातासँग आग्रह गरेका छन्।

उनले हिंसाका लागि आप्रवासीहरुलाई जिम्मेवार ठहर गर्दै पेरिस चाँडै मुस्लिम सहर बन्ने टिप्पणी गरेका छन्।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले विदेशी हस्तक्षेपका कारण दंगा भड्किएको भन्ने कुनै प्रमाण नरहेको बताएका छन्।

कतार भ्रमणका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले भने,‘प्रदर्शनसँग सम्बन्धित सूचनाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा तोडमोड गरियो। जसका कारण धेरै विदेशी नेताहरुले यस्ता टिप्पणीहरु गरे, जुन अस्वीकार्य र मूर्खतापूर्ण छन्।’

फ्रान्समा कहिल्यै नदेखिएका तस्बिरहरु एआईबाट बनाएर हिंसाको भनेर देखाइएको उनको भनाइ छ।

‘हामीले एआईबाट बनाइएका यस्ता तस्बिरहरु देख्यौँ, जसमा फ्रान्समा कहिल्यै नभएका दृश्यहरु देखाइएको थियो। केही मानिसहरुले आप्रवासी र इस्लामी कट्टरपन्थीहरुको ठूलो भिडले फ्रान्समाथि आक्रमण गरेको दाबी गरे, जबकि यो पूर्णरुपमा झुट हो,’ म्याक्रोनले भने।

आफूहरुलाई प्रयोग गरेर मानिसहरुले राजनीतिक अभियान चलाइरहेको उनको भनाइ छ।

यो साताको अन्त्यमा फ्रान्समा विरोध प्रदर्शन हुनसक्ने आशंका रहेको बेला म्याक्रोनको यो भनाइ आएको हो।

उनले भने, ‘केही नेताहरु यस क्षेत्रका हुन् वा एटलान्टिक महासागरपारिका, चुनाव प्रचारका क्रममा ती कथाहरुलाई अत्यन्त सोझोपनका साथ अघि बढाइरहेका छन्, जसलाई केही समूहले स्पष्ट रुपमा फैलाउने प्रयास गरिरहेका छन्।’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि फा्रन्समाथि कट्टरपन्थी इस्लामको आक्रमण भएको बताएका छन्।

विश्लेषकहरुले पनि फ्रान्समा भइरहेका विरोध प्रदर्शनको मुख्य कारण आप्रवासी रहेको भन्ने दाबीलाई अस्वीकार गरेका छन्।

प्रकाशित: ५ कार्तिक २०८३ १८:४३ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast