रोहिणीका १६ सामुदायिक विद्यालयलाई खेलकुद सामग्री, वाटर डिस्पेन्सर र डेस्क-बेन्च

हिमाल प्रेस १५ कार्तिक २०८३ ११:४० | Sunday, November 1, 2026
12
SHARES
रोहिणीका १६ सामुदायिक विद्यालयलाई खेलकुद सामग्री, वाटर डिस्पेन्सर र डेस्क-बेन्च

रुपन्देही- रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर प्रदान गरेको छ। पालिकाले डेस्कबेन्च पनि वितरण गरेको छ।

गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने र विद्यालयले पनि सरकारी नीति तथा शैक्षिक मापदण्ड पालना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए।

सामुदायिक विद्यालयहरूलाई नियमित रुपमा पालिकाले आवश्यकताअनुसार सहयोग गरिरहेको राससलाई जानकारी दिँदै उनले शिक्षामा गरिएको लगानीको प्रतिफल विद्यार्थीको शैक्षिक उपलब्धि र विद्यालयको समग्र गुणस्तरमा देखिनुपर्नेमा जोड दिए।

पालिकाले विद्यालयका निम्ति खानेपानी, फर्निचर तथा खेलकुद सामग्रीलगायत आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्दै शिक्षण एवं सिकाइलाई प्रभावकारी बनाउने प्रयत्न गरिरहेको छ।

प्रकाशित: १५ कार्तिक २०८३ ११:४० | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast