ह्वात्तै घट्यो सुनको भाउ

हिमाल प्रेस १५ कार्तिक २०८३ ११:३० | Sunday, November 1, 2026
10
SHARES
ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज सुनको मूल्य १० ग्रामको २ लाख ३३ हजार १९५ रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित: १५ कार्तिक २०८३ ११:३० | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast