कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

हिमाल प्रेस १४ कार्तिक २०८३ २०:०१ | Saturday, October 31, 2026
8
SHARES
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

कांग्रेसले आइतबार दिउँसो २ बजेका लागि बैठकले बोलाएको महामन्त्री उदयशम्शेर राणाले बताए। उनका अनुसार बैठकमा विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनका विषयमा छलफल हुनेछ।

समाचार संकलन तथा प्रकाशनकै विषयलाई लिएर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको थियो। उक्त घटनाको भत्सर्ना गरेको कांग्रेसले बैठकबाट संस्थागत निर्णय गर्न लागेको हो।

गत असोजमा सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यको कार्यविभाजन गर्न लागेको छ।

कांग्रेसको देउवा समूहले आगामी मंसिर २१–२३ मा १५औं महाधिवेशनका लागि मातहतका अधिवेशन तीव्र रुपमा अगाडि बढाएको छ। यस विषयमा पनि केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय हुने जनाइएको छ।

प्रकाशित: १४ कार्तिक २०८३ २०:०१ | Saturday, October 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast