कांग्रेसभन्दा पहिले देश भन्ने मनोविज्ञान राखेर अघि बढौँ : विश्वप्रकाश शर्मा

हिमाल प्रेस १२ कार्तिक २०८३ १६:४५ | Thursday, October 29, 2026
6
SHARES
कांग्रेसभन्दा पहिले देश भन्ने मनोविज्ञान राखेर अघि बढौँ : विश्वप्रकाश शर्मा शपथपछि कांग्रेस सभापति गगन थापा र निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्कासँग तस्बिर खिचाउँदै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा।

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा पहिले देशलाई केन्द्रमा राखेर अघि बढ्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन्।

पार्टी कार्यालय सानेपामा बिहीबार आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिँदै गर्दा ‘कांग्रेसभन्दा पहिले देश’ भन्ने सिद्धान्त र मनोविज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका हुन्।

उनले आधुनिक, बदलिएको र बलियो कांग्रेस निर्माण गर्दै समुन्नत नेपालको यात्रामा अघि बढ्न सबैको समान जिम्मेवारी रहेको उल्लेख गरे। संस्थागत रूपमा, स्वाभिमानपूर्वक र सभापतिले तयार गर्ने कार्ययोजनाअनुसार तोकिएको भूगोल तथा जिम्मेवारीमा रहेर काम गर्नुपर्ने उनको भनाइ थियो। आफूलाई दिइएको जिम्मेवारीअनुसार काम सम्पन्न गरी समयमै केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउनुपर्ने उनले बताए।

शर्माले आफूहरूमाथि उठ्ने आलोचना र प्रश्नलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्नेमा पनि जोड दिए। गलत कुराको खण्डन गर्दा स्वस्थ र विधिसम्मत प्रक्रिया अपनाउनुपर्ने उनको भनाइ थियो।

वरिष्ठ उपसभापति शर्माले परिवर्तनसँग जोडिएका गम्भीर चुनौतीको सामना गर्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता जनाए। सभापति गगन थापाको नेतृत्वमा संस्थागत, व्यवस्थित र प्रभावकारी टोलीका रूपमा अघि बढ्ने उनले बताए।

प्रकाशित: १२ कार्तिक २०८३ १६:४५ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast