काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीका विभिन्न कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्।
भर्चुअल कन्फरेन्समार्फत सञ्चालन भएको कार्यक्रममा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, सम्पूर्ण तालिम केन्द्रहरू, जिल्ला प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयहरू, सम्पूर्ण गण तथा गुल्महरू, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू लगायत प्रहरी निरीक्षक प्रमुख रहने प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
प्रहरी महानिरीक्षक कार्कीले समसामयिक विषयमा आवश्यक निर्देशन प्रदान गर्दै प्रहरी कार्यालयहरूलाई आआफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका थिए।



