काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।यसअनुसार बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो ।
प्रकाशित: ११ कार्तिक २०८३ ११:२८ | Wednesday, October 28, 2026
प्रतिक्रिया



