भेनेजुएलालाई अमेरिकाको ५१औँ राज्य बनाउने ट्रम्पको घोषणा

हिमाल प्रेस ११ कार्तिक २०८३ ९:२७ | Wednesday, October 28, 2026
16
SHARES
भेनेजुएलालाई अमेरिकाको ५१औँ राज्य बनाउने ट्रम्पको घोषणा डोनाल्ड ट्रम्प। फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकाको समृद्ध ५१औँ राज्य बनाउन सकिने बताएका छन्। टेक्सासमा रिपब्लिकन उमेदवारहरूको पक्षमा चुनावी प्रचार गर्ने क्रममा मंगलबार उनले भेनेजुएलाबाट भइरहेको तेल आपूर्तिको प्रशंसा गर्दै यस्तो टिप्पणी गरेका हुन्।

अमेरिकी मिडिया ‘द हिल’का अनुसार ट्रम्पले भेनेजुएला समृद्ध देश बन्ने र भविष्यमा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने बताए। उनले त्यसो भए राष्ट्रपतिको सट्टा गभर्नरका लागि चुनाव गर्नुपर्ने टिप्पणी समेत गरे।

यसअघि ट्रम्पले भेनेजुएलाले अमेरिकालाई उपहारस्वरूप १० लाख ब्यारेल कच्चा तेल पठाएको बताएका थिए। उक्त तेल टेक्सासका रिफाइनरीमा प्रशोधन गरिने जनाइएको छ। ट्रम्प र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले टेक्सासको कर्पस क्रिस्टीमा तेल बोकेको एक ट्यांकरको अवलोकनसमेत गरेका समाचारमा उल्लेख छ।

ट्रम्पले यसअघि पनि भेनेजुएलालाई अमेरिकी राज्य बनाउने प्रस्तावबारे टिप्पणी गरेका थिए। यस वर्षको सुरुआतमा उनले यस विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका थिए। उनले क्यानाडालाई पनि अमेरिकाको राज्य बनाउने अभिव्यक्ति दिएका थिए।

तर, भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले गत मे महिनामा आफ्नो देश अमेरिकाको राज्य बन्ने कुनै योजना नरहेको स्पष्ट पारेकी थिइन्। उनले भेनेजुएलाले आफ्नो अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता र इतिहासको रक्षा गर्ने बताएकी थिइन्।

ट्रम्पले भेनेजुएलासँगको सम्बन्ध सुधार भएको र ठूला तेल कम्पनीहरूले त्यहाँ अर्बौं डलर लगानी गरिरहेको पनि बताएका छन्। उनले अमेरिकाले ठूलो परिमाणमा तेल उत्पादन गरिरहेको उल्लेख गर्दै कार्यक्रममा उपस्थित तेल व्यवसायी ह्यारोल्ड हम्मको नामसमेत लिएका थिए।

 

प्रकाशित: ११ कार्तिक २०८३ ९:२७ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast