२४ घण्टामा विपतका कारण ६ जनाको मृत्यु, ३ बेपत्ता

हिमाल प्रेस ९ कार्तिक २०८३ १९:०९ | Monday, October 26, 2026
8
SHARES
२४ घण्टामा विपतका कारण ६ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता हुनुका साथै दस जना घाइते भएका छन्।

विपद्का कारण करिब रु २९ लाख चार हजार बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार कात्तिक ८ गते बिहान १० बजेदेखि आज कात्तिक ९ गतेसम्म देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश, लेक लाग्ने तथा डुङ्गा दुर्घटनालगायतका विपद्का घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा सबैभन्दा बढी आगलागीका ११ वटा घटना भएका छन् । त्यसैगरी सर्पदंशका नौ, लेक लागेका दुई र डुङ्गा दुर्घटनाको एक गरी कूल २३ वटा विपद्का घटना भएका छन् ।

उनका अनुसार सर्पदंशका घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । त्यसैगरी उच्च हिमाली तथा पहाडी क्षेत्रमा लेक लाग्दा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन्।

यसैगरी डुङ्गा दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् भने नौ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका विपद्का घटनाले मानवीय क्षतिसँगै विभिन्न स्थानमा भौतिक सम्पत्तिमा समेत क्षति पुर्‍याएको छ।

 

प्रकाशित: ९ कार्तिक २०८३ १९:०९ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast