काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि सुरु हुने खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। टस जितेसँगै लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
लुम्बिनी लायन्स दोस्रो संस्करणको विजेता टोली हो भने सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो। यस खेलमा लुम्बिनीको कप्तानी रोहित पौडेलले गर्दैछन् भने सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले सम्हाल्दैछन्।
उद्घाटन खेलमा दुवै टोली जितका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।
प्रकाशित: ९ कार्तिक २०८३ १६:४९ | Monday, October 26, 2026
प्रतिक्रिया



