काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गरेका छन्।
उनले केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन्।
तेस्रो सिजनको उद्घाटन खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा जारी छ। टस जितेको लुम्बिनी लायन्सले पहिले बलिङ गरेको छ।
लुम्बिनी लायन्स दोस्रो संस्करणको विजेता टोली हो भने सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो। यसपटक पनि दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छन्।
लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले गर्दैछन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले सम्हाल्दैछन्।
प्रकाशित: ९ कार्तिक २०८३ १७:१४ | Monday, October 26, 2026
प्रतिक्रिया



