काठमाडौँ– खोटाङमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–८, वाछिमका २५ वर्षीय सन्तोष राई छन् ।
शुक्रबार (असोज ३०) राति ढुंगा प्रहार गरी स्थानीय ५२ वर्षीय हर्कबहादुर राईको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार राति नै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
ज्यानसम्बन्धी कसुरमा हिरासतमा राखी उनीमाथि थप अनुसन्धान अघि बढाइएको खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
प्रकाशित: १ कार्तिक २०८३ १३:२४ | Sunday, October 18, 2026
प्रतिक्रिया




