खोटाङमा हत्या आरोपमा २५ वर्षीय सन्तोष राई पक्राउ

हिमाल प्रेस १ कार्तिक २०८३ १३:२४ | Sunday, October 18, 2026
6
SHARES
खोटाङमा हत्या आरोपमा २५ वर्षीय सन्तोष राई पक्राउ

काठमाडौँ– खोटाङमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–८, वाछिमका २५ वर्षीय सन्तोष राई छन् ।

शुक्रबार (असोज ३०) राति ढुंगा प्रहार गरी स्थानीय ५२ वर्षीय हर्कबहादुर राईको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार राति नै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

ज्यानसम्बन्धी कसुरमा हिरासतमा राखी उनीमाथि थप अनुसन्धान अघि बढाइएको खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

प्रकाशित: १ कार्तिक २०८३ १३:२४ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast