सिन्धुलीमा गाडी दुर्घटना हुँदा मृत्यु भएकामध्ये एक जनाको सनाखत

हिमाल प्रेस १ कार्तिक २०८३ १३:३० | Sunday, October 18, 2026
6
SHARES
सिन्धुलीमा गाडी दुर्घटना हुँदा मृत्यु भएकामध्ये एक जनाको सनाखत

काठमाडौँ– काठमाडौँ सिन्धुलीमा गाडी दुर्घटना हुँदा मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको छ। आइतबार बिहान काठमाडौंबाट खोटाङ जाँदैगरेको को. १ ज २९७६ नम्बरको टाटा सुमो फिक्कल गाउँपालिका–६स्थित सुनकोशी नदिमा खसेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा खोटाङ दिक्तेल मझुवागढी- ५ की युपना राई छन्। अरुको पहिचान हुन बाँकी छ। तीन जना अझै पनि वेपत्ता छन् । खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ। उनीहरूको खोजी गर्न सशस्त्र प्रहरी बलको नेपाल बिपद ब्यबस्थापन वेश खुर्कोटबाट ९ जना गोताखोर सहित १० जना, ओखलढुंगाको हर्कपुरस्थित अस्थायी मनसुन बेसबाट १० जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ।

दुर्घटनापछि उद्धार गरिएका चार जना घाइतेको उपचार जारी छ । गाडीका चालक ओखलढुंगाका २९ वर्षीय आशिष विष्ट अचेत अवस्थामा छन् भने खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनकी छोरी १२ वर्षीया शिवानी राई पनि घाइते छिन्।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । यस्तै खोटाङको दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक पनि घाइते भएका छन्। उनीहरू सबैको उदयपुर घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचार भइरहेको छ।

प्रकाशित: १ कार्तिक २०८३ १३:३० | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast