आन्द्रे रसेलले एनपीएलले विराटनगरबाट खेल्ने

हिमाल प्रेस १ कार्तिक २०८३ १३:१७ | Sunday, October 18, 2026
आन्द्रे रसेलले एनपीएलले विराटनगरबाट खेल्ने

काठमाडौँ– आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा खेल्ने भएका छन्।

विराटनगर किंग्सबाट उनले खेल्ने पक्का भएको हो। क्लबले आफ्नो फेसबुक पेजमा रसेलसम्बन्धी भिडिओ सेयर गर्दै यसको पुष्टि गरेको छ।

३८ वर्षीय यी चर्चित खेलाडीको आगमनले विराटनगरको टोली थप बलियो बनेको छ।

रसेल दायाँहाते ब्याट्सम्यान हुन्। उनी दायाँहाते फास्ट बलर समेत हुन्।अलराउन्डर रसेलले विश्व क्रिकेटका चर्चित अधिकांश लिगहरु खेलिसकेका छन्। जमैकाका उनी दुईपटकका टी२० विश्व च्याम्पियन समेत हुन्।

सन् २०१२ मा आईपीएल (भारत)मा दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका थिए। सन् २०१४ देखि उनी कोलकाता नाइट राइडर्समा छन्। केकेआरका लागि उनले २४ सय रन पूरा गरेका छन् भने सयभन्दा धेरै विकेट लिएका छन्। आईपीएलका चार सिजनमा उनले ३०० भन्दा धेरै रन बनाएका छन्।

उनले केकेआरका लागि २०२३ को सिजनमा सयौँ खेल खेलेका थिए।

रसेलले ओडीआईमा १०३४, टी२० आईमा ११ सय २२, लिस्ट एमा १९५३ रन बनाएका छन्। बलिङतर्फ उनले ओडीआईमा ७०, टी२०आईमा ६१ र लिस्ट एमा १३१ विकेट लिएका छन्।

प्रकाशित: १ कार्तिक २०८३ १३:१७ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast