कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि

हिमाल प्रेस २९ असोज २०८३ १५:१३ | Thursday, October 15, 2026
4
SHARES
कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (थारू) पदको जारी मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम गरेका छन्।

निर्वाचन समितिले दिएको पछिल्लो विवरणअनुसार ४ हजार ४६० मत गणना हुँदा योगेन्द्रले २ हजार २३८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १ हजार ३१५ मत प्राप्त गरेका छन्। योगेन्द्रले तेजुलालभन्दा ९२३ मत बढी प्राप्त गर्दै अग्रता कायम गरेका हुन्। अर्का उम्मेदवार सुरेन्द्र चौधरीले ९४० मत प्राप्त गरेका छन्।

थारू क्लस्टरअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। बाँकी मतगणना सम्पन्न भएपछि मात्रै यस पदमा निर्वाचित हुने उम्मेदवारको टुंगो लाग्नेछ।

थारू खुला केन्द्रीय सदस्यमा भोगेन्द्र चौधरी अगाडि

थारू क्लस्टरअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा डा. भोगेन्द्रप्रसाद चौधरीले अग्रता लिएका छन्। उनले २ हजार २९९ मत प्राप्त गरेका छन्।

उम्मेदवारले प्राप्त गरेको मतका आधारमा वेदनारायण गच्छदार २ हजार १०९ मतसहित दोस्रो स्थानमा छन्। जनकराज चौधरीले २ हजार ६० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा साजनकुमार महतो १ हजार ५६७ मतसहित चौथो स्थानमा छन्।

अन्य उम्मेदवारमध्ये गोपाल पञ्जियार थारूले १ हजार ४६६, रामकृष्ण चौधरीले १ हजार ३८८, छविलाल थारूले १ हजार २३६ र महेशप्रसाद चौधरीले १ हजार १३१ मत प्राप्त गरेका छन्।

त्यस्तै राजसमज चौधरीले १ हजार ४१ मत प्राप्त गर्दा प्रभातकुमार चौधरीले ७३६ मत पाएका छन्।

थारू क्लस्टरको खुला केन्द्रीय सदस्यतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ। जारी मतगणनामा उम्मेदवारहरूबीच प्रतिस्पर्धा रहेकाले अन्तिम परिणामले निर्वाचित हुने चार जनाको टुंगो लगाउनेछ।

थारू महिला केन्द्रीय सदस्यमा डा. जीवन राना अगाडि

थारू क्लस्टरअन्तर्गत महिला केन्द्रीय सदस्य पदको मतगणनामा डा. जीवन रानाले अग्रता कायम गरेकी छन्। उनले २ हजार ८५७ मत प्राप्त गरेकी छिन्।

उनलाई डा. प्रमिलाकुमारी गच्छदारले पछ्याइरहेकी छिन्। प्रमिलाले २ हजार ५५२ मत प्राप्त गरेकी छन्। यी दुई उम्मेदवारबीच ३०५ मतको अन्तर रहेको छ।

अन्य उम्मेदवारमध्ये सुनिताकुमारी रानाले ७८३, कल्पना चौधरीले ७४०, नवोदिता चौधरीले ५८८ र सुशीला चौधरीले ५२७ मत प्राप्त गरेकी छिन्। त्यस्तै नमिताकुमारी चौधरीले ४७२ मत पाएकी छिन्।

थारू महिलातर्फ केन्द्रीय सदस्यमा दुई जना निर्वाचित हुनेछन्। हालको मतगणनामा डा. जीवन राना र डां प्रमिलाकुमारी गच्छदार अगाडि देखिएका छन्। यद्यपि, मतगणना जारी रहेकाले अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पद र क्लस्टरको मतगणना जारी रहँदा आजै सबै परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित अगाडि बढेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: २९ असोज २०८३ १५:१३ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast