एमालेको कार्यकर्ता भेला मंसिर पहिलो हप्ता

हिमाल प्रेस २७ असोज २०८३ १४:३५ | Tuesday, October 13, 2026
10
SHARES
एमालेको कार्यकर्ता भेला मंसिर पहिलो हप्ता एमाले कार्यकर्ता। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।

पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यही असोज २२ देखि २५ गतेसम्म भएको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन र राष्ट्रिय कार्यकर्ता भेला आयोजनालगायतका निर्णय गरेको थियो।

राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने संगठन विभाग प्रमुख ढकालले जानकारी दिए।

प्रकाशित: २७ असोज २०८३ १४:३५ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast