पानी नपरी कसरी आयो बूढीगण्डकीमा भीषण बाढी?

हिमाल प्रेस २५ असोज २०८३ ७:२० | Sunday, October 11, 2026
4
SHARES
पानी नपरी कसरी आयो बूढीगण्डकीमा भीषण बाढी?

काठमाडौँ- एकाबिहानै बूढीगण्डकी नदीमा आएको भीषण बाढी तटीय क्षेत्रका बासिन्दा संकटमा परेका छन्। पूर्वानुमान बिना आएको बाढीले ठूलै क्षति गरेको विपद् प्राधिकरणसहितको अनुमान छ। तर यति ठूलो बाढी आउनुको कारण भने खुलेको छैन। बूढीगण्डकी क्षेत्रमा ठूलो वा बाढी आउने किसिमको पानी परेको छैन। मौसम विद्हरूका अनुसार बाढीको कारण वर्षा होइन।

बाढीको कारण हिमपात फुटेको आशंका गरिएको छ। तर अहिलेसम्म सोहीबारे एकीन छैन। विपद् प्राधिकरणका प्रमुख धर्मप्रसाद उप्रेती पनि बाढी आश्चार्यजनक तरिकाले आएको बताउँछन्।

गोरखाको चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने खोलामा आज बिहानैदेखि बाढी आएको हो ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार सो क्षेत्रमा पछिल्लो २४ घण्टामा खासै पानी परेको छैन । उनका अनुसार सो क्षेत्रमा आज एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा छोटो समयमा पानी पर्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित: २५ असोज २०८३ ७:२० | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast