त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा, पृथ्वीलोकमार्ग ठप्प [अरू राजमार्गको के छ अवस्था?]

हिमाल प्रेस २४ असोज २०८३ ७:३५ | Saturday, October 10, 2026
8
SHARES
त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा, पृथ्वीलोकमार्ग ठप्प [अरू राजमार्गको के छ अवस्था?] फाइल तस्बिर।

काठमाडौँ- बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्। पछिल्लो अद्यावधिक विवरण अनुसार रसुवा बाढीका कारण मुख्य राजमार्गका सबै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

यता धादिङको (धुनिबेशी ९), खत्रीपौवामा गएको पहिरोका कारण त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा छ। धादिङको गजुरी ५, गलौंदीमा पनि पहिरोका कारण पृथ्वीलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेमा पनि बाढीका कारण बिपि राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।

गण्डकी प्रदेश अन्तर्गत म्याग्दीको रघुगंगा २, बैसरीमा गएको पहिरोका कारण बेनि-जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। नवलपरासी पूर्वको बौदिकाली ३, जन्ती पहिरोमा पहिरोका कारण कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ, जहाँ ठूला गाडीहरू जान नसक्ने अवस्था रहेको छ।

बेशीसहर हुँदै खाङसारसम्म जाने सडक बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। पहिरोका कारण कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ। भेरी करिडोर सडक खण्ड एकतर्फी सुचारु रहेको छ भने सल्यानको बनगाड कुपिण्डे ११, बालुवासंग्रहीमा पहिरोका कारण बालुवासंग्रही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रकाशित: २४ असोज २०८३ ७:३५ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast