यी राजमार्ग आज पनि छन् अवरुद्ध

हिमाल प्रेस २० भदौ २०८३ ८:३८ | Saturday, September 5, 2026
यी राजमार्ग आज पनि छन् अवरुद्ध फाइल तस्बिर।

काठमाडौँ- देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू र त्रिशुली-स्याफ्रुबेशी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भिरमा ठूलो पहिरो खसेका कारण यातायात पूर्ण रूपमा बन्द भएको छ भने सोही राजमार्गको परेवा भिरमा साना गाडी मात्र एक लेनमा सञ्चालन भइरहेका छन् ।

म्याग्दीको बेनी-जोमसोम सडक खण्ड, मुगुको मुगु-गमगढी सडक, बझाङको जयपृथ्वी राजमार्ग र अर्घाखाँचीको सालझण्डी-ढोरपाटन खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

रोल्पाको शहीद मार्ग अन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन्। काठमाडौँ-धादिङ जोड्ने चन्द्रागिरी चिसापानी क्षेत्रमा सडक एकतर्फी मात्र सुचारु छ भने बीपी राजमार्गको खुर्कोट-नेपालथोक खण्डमा १० टनसम्मका सवारीलाई निश्चित समय तोकेर मात्र अनुमति दिइएको छ।

नुवाकोटको टोखा-छहरे सडकमा रातिको समयमा यात्रामा रोक लगाइएको छ भने बाढीले गर्दा बेत्रावतीस्थित पासाङ ल्हामु सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

नेपाल प्रहरीले सडकको अवस्था र मौसमको प्रतिकुलतालाई ध्यान दिई अत्यन्त जरुरी भएमा मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

 

प्रकाशित: २० भदौ २०८३ ८:३८ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast