नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

हिमाल प्रेस २३ असोज २०८३ १७:११ | Friday, October 9, 2026
10
SHARES
नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले कार्तिक ७ गते देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

त्यस्तै बैठकले पुस ११ गते देशभरिका सम्पूर्ण वडा स्तरका अधिवेशनहरू र माघ १५ गते देशभरिका सम्पूर्ण पालिकाहरूमा एकैदिन पालिका स्तरीय अधिवेशनहरू सञ्चालन गर्ने निर्णय गरेको छ।

स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने प्रवक्ता ज्वालाले बताए।

‘ग्रे जोन’ पत्रिकाको रिपोर्टमा उल्लेखित राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयमा सरकारले आफ्नो आधिकारिक स्थिति सार्वजनिक गर्न विशेष प्रस्तावसमेत पारित गरेको उनले जानकारी दिए।

बैठकले युवा क्षेत्रको कामलाई प्राथमिकता दिँदै कार्यक्रमहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने र प्रवासको काम, श्रमजीवी मजदुर र किसानहरूबीचको कामलाई थप सशक्त र व्यवस्थित बनाउने निर्णय गरेको उनले बताए।

प्रकाशित: २३ असोज २०८३ १७:११ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast