काठमाडौँ- बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु १५ ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४०५ कायम भएको छ।
बिहीबार एक तोला छापावाल सुन रु दुई लाख ९२ हजार ८०० र असली चाँदी रु चार हजार ३९० मा किनबेच भएको थियो।
प्रकाशित: २३ असोज २०८३ ११:३५ | Friday, October 9, 2026
प्रतिक्रिया



