शिक्षक दरबन्दी मिलानबारे के भन्छ शिक्षा मन्त्रालय?

हिमाल प्रेस २१ असोज २०८३ १७:४८ | Wednesday, October 7, 2026
शिक्षक दरबन्दी मिलानबारे के भन्छ शिक्षा मन्त्रालय?

काठमाडौँ- शिक्षक दरबन्दी मिलानका लागि सरकारले कुनै निश्चित अन्तिम म्याद तोकेको नरहेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम माग गरिएको सूचनाको जवाफ दिँदै मन्त्रालयले शिक्षक दरबन्दी मिलान स्थानीय तहले स्वीकृत गरेको कार्यविधिअनुसार नियमित रूपमा गर्नुपर्ने विषय भएको बताएको हो।

मन्त्रालयले शिक्षकको दरबन्दी मिलान कहिलेसम्म गरिसक्नुपर्ने भन्ने कानुनी रूपमा अन्तिम म्याद नतोकिएको जनाएको छ। स्थानीय तहहरूले आफ्नो स्वीकृत स्थानीय कार्यविधिअनुसार दरबन्दी मिलान गर्नुपर्ने मन्त्रालयको भनाइ छ।

सिरहाका परशुराम साहले ०८३ असोज १६ गते माग गरेको सूचनाको जवाफमा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी वीरबहादुर थामीले असोज १९ गते उक्त जानकारी दिएका हुन्।

मन्त्रालयले शिक्षक दरबन्दी मिलान स्थानीय तहको स्वीकृत कार्यविधिअनुसार हुने भएकाले सम्बन्धित स्थानीय तहबाट आवश्यक जानकारी लिनसमेत आग्रह गरेको छ।

 

प्रकाशित: २१ असोज २०८३ १७:४८ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast