३५ वर्षमुनिको महिला केन्द्रीय सदस्यमा भूपेश्वरीको उम्मेदवारी

हिमाल प्रेस २१ असोज २०८३ ९:२८ | Wednesday, October 7, 2026
३५ वर्षमुनिको महिला केन्द्रीय सदस्यमा भूपेश्वरीको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ  महाधिवेशनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशबाट युवा महिला नेतृ भूपेश्वरी ऐर ‘भूपी’ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।

३५ वर्षमुनिको युवा महिला क्लष्टरबाट उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन्।  ऐरले सुदूरपश्चिमको आवाज, युवा पुस्ताको ऊर्जा र महिलाको निर्णायक नेतृत्वलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताइन्।

ऐरले कांग्रेसमा नयाँ सोच, नयाँ ऊर्जा र पुस्तान्तरण आवश्यक रहेको बताउँदै संगठन र जनताको पक्षमा इमानदारी, सक्रियता र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनको उम्मेदवारीलाई युवा पुस्तालाई पार्टीको मूल नेतृत्वमा थप प्रभावकारी रूपमा स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ। विशेषगरी युवा तथा महिला सहभागिता बढाउने बहस चलिरहेका बेला सुदूरपश्चिमबाट युवा महिला नेतृको केन्द्रीय सदस्य पदमा दाबेदारीले कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्वको विषयलाई थप चर्चामा ल्याएको छ।

 उनी पद्मकन्या क्याम्पसकै वर्तमान स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हुन्। यसपटक उनले विद्यार्थी राजनीतिबाट मूल राजनीतिमा प्रवेश गर्ने चाहना राखेकी छन्।

प्रकाशित: २१ असोज २०८३ ९:२८ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast