भारतमा भूकम्प, नेपालमा पनि धक्का

हिमाल प्रेस २१ असोज २०८३ ७:११ | Wednesday, October 7, 2026
भारतमा भूकम्प, नेपालमा पनि धक्का

काठमाडौँ- भारतको उत्तराखण्डमा मंगलबार राति भूकम्प गएको छ। उक्त भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार भारतको उत्तराखण्ड आसपासलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति १०:३८ बजे ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर टाढा रहेको छ ।

केन्द्रका अनुसार सुदूरपश्चिम क्षेत्रमा उक्त भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रकाशित: २१ असोज २०८३ ७:११ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast