काठमाडौँ- गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ।
निजले गरेका पदीय आचरणविपरीतका कार्यको जाँचबुझ गरी तीन दिनभित्र गृहसचिवसमक्ष प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालयले जनाएको छ।
साथै गृह मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्तिसुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।
प्रकाशित: १९ असोज २०८३ २१:०९ | Monday, October 5, 2026
प्रतिक्रिया



