काठमाडौँ- नेपाली कांग्रेसको उपसभापति र महामन्त्री ३-३ र १५ जना सहमहामन्त्री बनाउने भएको छ। सोमबार खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति ३–३ र सहमहामन्त्री १५ जना हुने टुंगो लगाएको छ।
अब कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, ३ उपसभापति, ३ महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। अब कांग्रेसको पदाधिकारीमा कांग्रेसको विधानमा हाल २ जना उपसभापति र २ जना महामन्त्री र ११ जना रहने व्यवस्था रहेकामा विधान संशोधन गरेको हो।
केन्द्रीय समिति बैठकले गरेको निर्णय अब राजधानीमा जारी महाधिवेशनको बन्दसत्रले पारित गरेपछि कार्यान्वनमा जानेछ । कांग्रेसको केन्द्रीय पदाधिकारी जम्बो बन्ने भएको छ। १४ औँ महाधिवेशनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र एक कोषाध्यक्ष मात्र व्यवस्था थियो। यसअघि १३ जना मात्र पदाधिकारी हुने गरेकोमा यसपटक २४ पुगेको छ।



