चितवनमा मोटरसाइकल दुर्घटना परेर २९ वर्षीय देवेन्द्र थापाको मृत्यु

हिमाल प्रेस १९ असोज २०८३ ६:५० | Monday, October 5, 2026
चितवनमा मोटरसाइकल दुर्घटना परेर २९ वर्षीय देवेन्द्र थापाको मृत्यु

नारायणगढ- चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको हो ।

सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए ।

घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए । रासस

प्रकाशित: १९ असोज २०८३ ६:५० | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast