काठमाडौँ- नेपाली कांग्रेसकी पूर्वसहमहामन्त्री डिना उपाध्याय ‘महालक्ष्मी’ ले १५ औँ महाधिवेशनमा महामन्त्रीमा लड्ने भएकी छन्। उनले केहीबेरअघि मात्र महामन्त्रीमा लड्ने घोषणा गरेकी हुन्।
१४ औँ महाधिवेशनमा उनी सहमहामन्त्री थिइन्। त्यसबेला उनी देउवा गुटबाट उम्मेदवार बनेकी थिइन्। केही समयअघि मात्रै देउवा पक्षका ४० बढी नेतालाई गगन खेमा उभ्याउने टोलीको नेतृत्व गर्दै उनी संस्थापन पक्षमा खुलेकी हुन्। कांग्रेसको १५ औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ।
प्रकाशित: १८ असोज २०८३ १०:३४ | Sunday, October 4, 2026
प्रतिक्रिया



