बुर्किना फासोमाथि अर्जेन्टिनाले हान्यो ७ गोल

हिमाल प्रेस १८ असोज २०८३ ८:२६ | Sunday, October 4, 2026
बुर्किना फासोमाथि अर्जेन्टिनाले हान्यो ७ गोल फाइल तस्बिर

काठमाडौँ- अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुर्किना फासोलाई ७–० गोलले पराजित गरेको छ। आइतबार मोनुमेन्टल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको हो।

चौथो मिनेटमै अगुस्टिन जियालाई पेनाल्टी क्षेत्रमा मोउमोउनी डियालोले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो। लाउटारो मार्टिनेजको पहिलो प्रहार बुर्किना फासोका गोलरक्षक रजाक गुइराले बचाए पनि रिबाउन्डमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

योसँगै मार्टिनेजले राष्ट्रिय टोलीका लागि लगातार दोस्रो खेलमा गोल गरेका छन्। उनको अन्तर्राष्ट्रिय गोल संख्या ८६ खेलमा ४२ पुगेको छ। अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी लिओनल मेसी हुन्। उनी १२५ गोलसहित शीर्षस्थानमा छन् भने गाब्रियल बाटिस्टुटाको ५४ गोल छ।

अर्जेन्टिनाले आठौं मिनेटमा अग्रता दोब्बर बनायो। डियालोको क्लियरेन्स आफ्नै पोस्टमा पुगेपछि बुर्किना फासोले आत्मघाती गोल गरेको थियो।

१२औं मिनेटमा जियानलुका प्रेस्टियानीले पेनाल्टी क्षेत्रमा प्रवेश गर्दै शक्तिशाली प्रहारमार्फत अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरे। यससँगै खेलको पहिलो १५ मिनेट नपुग्दै अर्जेन्टिना ३–० ले अघि बढेको थियो।

३५औं मिनेटमा निकोलस पाजले गोल गर्दै अर्जेन्टिनाको अग्रता ४–० बनाए। त्यसको एक मिनेटपछि जुलियन अल्भारेजले गोल थपेपछि अर्जेन्टिना पहिलो हाफमै ५–० ले अघि रह्यो।

दोस्रो हाफमा पनि अर्जेन्टिनाको आक्रमण रोकिएन। ५७औं मिनेटमा मैदान प्रवेश गरेका फ्रान्को मस्तान्तुओनोले गोल गर्दै राष्ट्रिय टोलीका लागि पहिलो गोल गरे। गोलरक्षकसँग एक्लै भएको अवस्थामा उनले शान्त ढंगले बललाई जाली चुमाएका थिए।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा जियोभानी सिमेओनेले सातौं गोल गरेपछि अर्जेन्टिनाले ७–० को फराकिलो जित सुनिश्चित गर्‍यो।

प्रकाशित: १८ असोज २०८३ ८:२६ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast