काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काठमाडौँको खुलामञ्चमा तयारी तीव्र पारिएको छ। महाधिवेशन यही असोज १८ देखि २२ गतेसम्म आयोजना हुँदैछ।
महाधिवेशनको तयारीका क्रममा खुलामञ्चमा मञ्च निर्माण, सजावट तथा अन्य व्यवस्थापनका काम भइरहेका छन्। महाधिवेशनमा सहभागी प्रतिनिधि तथा अतिथिका लागि आवश्यक व्यवस्थापन मिलाउने काम पनि भइरहेको छ।
यसैबीच समाजवादी इन्टरनेसनलका महासचिव चान्तल काम्बिवा नेपाल आएकी छन्। उनले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन्।
महासचिव काम्बिवा आज बिहान ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ।
कांग्रेस केन्द्रीय कार्यालयमा उनले पार्टीका महामन्त्री प्रदीप पौडेललगायत नेताहरूसँग बैठक गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १६ असोज २०८३ १०:०६ | Friday, October 2, 2026
प्रतिक्रिया



