ओलीको राजनीतिक प्रतिवेदन एकरूपताका साथ बुझ्ने एमाले सचिवालयको बैठकको निर्णय

हिमाल प्रेस ८ असोज २०८३ १५:०१ | Thursday, September 24, 2026
8
SHARES
ओलीको राजनीतिक प्रतिवेदन एकरूपताका साथ बुझ्ने एमाले सचिवालयको बैठकको निर्णय फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलाई एकरूपताका साथ बुझ्ने र अध्ययन गर्ने जनाएको छ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्षको प्रतिवेदनलाई एकरूपताका साथ बुझ्ने, अध्ययन गर्ने र तल्लो तहसम्म प्रभावकारी रूपमा सम्प्रेषण गर्ने विषयमा विशेष जोड दिइएको उपमहासचिव लेखराज भट्टले बताए।

अध्यक्षको प्रतिवेदनले पार्टीभित्र एकताको नयाँ भाव पैदा गरेको उनले उल्लेख गरे। साथै बैठकले पार्टी एकतामा सामेल भएका तथा विभिन्न ठाउँबाट पार्टी प्रवेश गरेका नेता–कार्यकर्ताहरूलाई केन्द्रीय समितिमा मनोनयन गर्ने विषयमा विस्तृत छलफल भएको उनले जानकारी दिए।

उनले स्थायी कमिटीका सन्दर्भमा समेत केही खाका तयार गरी टुङ्गो लगाइएको र केन्द्रीय कमिटीको बैठकबाट औपचारिक निर्णय भएपछि मात्र नामहरू सार्वजनिक गरिने भट्टले बताए।

त्यस्तै केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक परे सचिवालयलाई अधिकार प्रत्यायोजन गरेर बाँकी निर्णयहरू टुंग््याइने समझदारी भएको उनको भनाइ छ।

प्रकाशित: ८ असोज २०८३ १५:०१ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast