ऊर्जामन्त्रीले रसुवा बाढीको क्षति र पुनर्निर्माणबारे प्रतिनिधिसभालाई जानकारी दिँदै

हिमाल प्रेस ७ असोज २०८३ ९:५६ | Wednesday, September 23, 2026
4
SHARES
ऊर्जामन्त्रीले रसुवा बाढीको क्षति र पुनर्निर्माणबारे  प्रतिनिधिसभालाई जानकारी दिँदै

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन्। भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको आएको विनाशकारी बाढीले विद्युत पूर्वाधारमा पुर्‍याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

भोटेकोशी बाढीले एक दर्जन जलविद्युत आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीय क्षति भएको छ। घटनापछि सरकारको तर्फबाट ऊर्जा मन्त्रालयले गरेका कार्यहरु र अबको कार्ययोजनाबारे मन्त्री श्रेष्ठले प्रतिनिधिसभालाई जानकारी दिने उनको सचिवालयले जनाएको छ। उनकाअनुसार सम्बोधनका लागि मन्त्री श्रेष्ठले सभामुख डोलप्रसाद अर्यालसँग समय लिइसकेका छन्।

प्रतिनिधि सभाको बैठक आज ११ बजे बस्दैछ।

प्रकाशित: ७ असोज २०८३ ९:५६ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast