सामुदायिक विद्यालयको पिउने पानी परीक्षण गर्दै काठमाडौँ महानगर

हिमाल प्रेस ४ असोज २०८३ १४:५२ | Sunday, September 20, 2026
सामुदायिक विद्यालयको पिउने पानी परीक्षण गर्दै काठमाडौँ महानगर सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा कर्मचारीले पिउने पानी सुरक्षित भए नभएको परीक्षण गर्ने भएको छ। महानगरले विद्यालयसँगै वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा प्रयोग हुने पानीको समेत प्रयोगशाला परीक्षण गर्ने तयारी गरेको हो।

विद्यालयका बालबालिकालाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाको स्वास्थ्य विभागले पानीको नमूना संकलन र परीक्षण प्रक्रियाका लागि सम्बन्धित व्यक्तिलाई अभिमुखीकरण दिन थालेको छ। वडा नं. १ बाट सुरु गरिएको अभिमुखीकरण क्रमशः सबै वडाका जनप्रतिनिधि, वडा सचिव, विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा पानीका उत्पादक र वितरकसम्म पुर्‍याइने महानगरले जनाएको छ।

महानगरपालिकाको स्वास्थ्य विभागअन्तर्गत समुदाय, स्वास्थ्य संस्था र विद्यालयमा पानी स्वच्छता कार्यक्रमकी फोकल पर्सन राधिका कुइँकेलका अनुसार तालिम प्राप्त व्यक्तिले पानीको नमुना संकलन गर्नेछन् र ती नमुनाको प्रयोगशाला परीक्षणपछि प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरिनेछ।

विद्यालयमा बालबालिका दिनको ठूलो हिस्सा बिताउने भएकाले उनीहरूले नियमित रूपमा प्रयोग गर्ने पिउने पानीको गुणस्तर स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। धारा, जार वा अन्य स्रोतबाट आउने पानी सफा र सङ्लो देखिँदैमा पिउनयोग्य छ भन्ने सुनिश्चित नहुने भएकाले महानगरले प्रयोगशाला परीक्षणमार्फत पानीको वास्तविक अवस्था पहिचान गर्न लागेको हो।

प्रकाशित: ४ असोज २०८३ १४:५२ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast